back
NMB ad

अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नेपालमा, बैंकका अधिकारीहरुसँग भेटघाट तिब्र

Kumari bank ad

काठमाण्डौं । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोली नेपाल आएको छ। टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग भेटघाट तिब्र पारेको छ। जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वमा सात सदस्यीय टोली ‘आर्टिकल-IV’ मिसनका लागि नेपाल आएको हो। उनीहरु १३ दिनसम्म नेपालमा रहने छन्।

आइएमएफले आफ्ना सदस्य राष्ट्रहरुमा हरेक बर्ष त्यहाँको वस्तुस्थिति बुझेर उपयुक्त राय बनाउन टोली पठाउने गरेको छ। उनीहरुले आवश्यक अध्ययन तथा अनुसन्धान गरेर राय बनाएपछि ‘आर्टिकल-IV’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्छन्।

‘आर्टिकल-IV’ मिसनमार्फत आएको टोलीले नेपालको म्याक्रो फाइनान्सियल म्यानेजमेन्ट र आर्थिक अवस्थाका बारेमा अध्ययन गर्छ। उनीहरुले नेपालको विनिमय दर प्रणाली र विनिमय अवस्थाका बारेमा पनि अध्ययन गर्छन्।

नेपालमा आर्थिक कृयाकलाप कस्तो भइरहेको छरु बस्तुस्थित के छ ? वर्तमान अवस्था कस्ता छन्रु आफूले बेलावखत दिएको प्राविधिक सुझाव तथा सहयोगको कार्यान्वयन अवस्था के छरु टोलीले अध्ययन गर्छ । उनीहरुले आवश्यक अध्ययन गरेपछि रिपोर्ट तयार गर्छन्। रिपोर्टमाथि आइएमएफको २४ सदस्यीय सञ्चालक समितिमा छलफल हुन्छ।

टोलीले नेपालमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय आयोग, निजी क्षेत्रको छाता संगठन, बैंकर्स संघका सदस्यहरुसँग पनि छलफल गर्छ। यसबाहेक राजनीतिक दलका आर्थिक हेर्ने नेता तथा सल्लाहकार, अन्य सम्बन्धित मन्त्रालयहरु, दातृ निकायका प्रतिनिधि, दूतावासहरुसँग पनि छलफल गर्छ। त्यसका आधारमा टोलीले आफ्नो राय बनाउँछ।

आवश्यक अध्ययनपछि उसले नेपालमा कस्तो सहयोग आवश्यक छ वा पुरानो सहयोगको अवस्था के छ भनेर सुझाव तथा सहयोग गर्छ। टोली नेपालबाट फर्किनुअघि नेपाल हेर्ने आइएमएफका कार्यकारी निर्देशक मर्जुनिसम ओमर पनि आउने छन्।

२९ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २९ शुक्रवार १३:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...