back
NMB ad

अब बैंकिङ प्रणालीमार्फत सामाजिक भत्ता वितरण !

Kumari bank ad

काठमाडौ। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गर्दै चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन नसकेको उल्लेख गर्दै उनले जसरी भए पनि तेकिएको समयभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने बताए । मन्त्री पाण्डेले अब बैंकिङ प्रणालीमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा भत्ता वितरणको व्यवस्था मिलाउन निर्देशन दिए ।

विभागका निर्देशक शालिकराम रिजालले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराइँ जस्ता व्यक्तिगत घटनाको दर्ता व्यवस्थापन एवम् नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापनको काम विभागले गर्दै आएको बताए । उनले कुल २१७ नगरपालिकामध्ये ११८ नगरपालिका र १८० गाविसले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी गराए ।

गाउँगाउँमा बैंकको शाखा नभएको र बैंकसम्म लक्षित वर्गको पहुँच नभएकाले पनि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई मासिक रु एक हजार, पूर्णअपाङ्गता (क) वर्ग र लोपोन्मुख आदिवासी÷जनजाति (बनकरिया, राउटे, सुरेल, हायु, राजी, लेप्चा, मेचे र कुसबडिया) जातिका व्यक्तिलाई मासिक रु दुई हजार तथा अशक्त÷अपाङ्गता भएका (ख) वर्गका व्यक्तिलाई मासिक रु ६०० र पाँच वर्षमुनिका कर्णाली अञ्चल तथा देशभरका दलित परिवारका दुई सन्तानलाई मासिक रु ४०० सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार ०८:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...