back
NMB ad

फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाः कारण के हो ?

Kumari bank ad

काठमाडौ। फिस्टेल एयरको हेलिकप्टर दुर्घटना मानवीय त्रुटिका कारण भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको ढल्(9N-ALA, AS 350) हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना (सिचुवेसनल अवेरनेस) गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु भएको थियो ।

उक्त हेलिकप्टर दुर्घटना भएलगत्तै हवाई विभागका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीन महिने कार्यअवधि पाएको आयोगले थप दुई महिना लगाएर प्रतिवेदन तयार गरेको हो । विस्तृत प्रतिवेदन छिट्टै ल्याइने आयोगले जनाएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदनअनुसार हेलिकप्टरका चालकले गोरखाको फिलिमबाट काठमाडौ फर्कदा नुवाकोटको ककनी र चुच्चेभिर क्षेत्रको उत्तरी एवम् पूर्वी साइडमा तल्लो उचाइमा सोचेभन्दा फरक प्रकृतिको द्रुतगतिमा उत्पन्न भएको स्थानीय कुइरोमा छिरी परिस्थितिबस छिर्ने र निस्कने क्रममा साँघुरो उपत्यकामा चलाउने कौशलता नभएकाले गर्दा कुइरोमा रुमलिएर हेलिकप्टरको मुख्य पङ्खाले चुच्चेभिरको चट्टानमा छुँदा दुर्घटना भएको सम्भाव्य कारण प्रस्तुत गरिएको छ ।

अधिकांश दुर्घटनामा इन्जिनको खराबी देखिने गरेको भए पनि यो घटनामा मानवीय पक्षलाई कमजोरी औँल्याइएको यस प्रतिवेदनमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र वायुयान सञ्चालकलाई पनि प्रश्न उठाइएको छ । आयोगका अध्यक्ष श्रेष्ठले दुर्घटनाग्रस्त हेलिकप्टर कुनै प्राविधिक त्रुटिका कारण नभई मानवीय स्वभावका कारण दुर्घटना भएको र यसमा नियामक निकायको पनि कमजोरी रहेको बताए ।

उड्डयन सुरक्षाका लागि अपनाउनुपर्ने २१ बुँदे सुझाव प्रस्तुत गर्दै श्रेष्ठले सम्बन्धित कम्पनीको लापरबाही, नियामक निकायको प्रभावकारी अनुगमन नहुनु तथा चालकमा पर्याप्त प्रशिक्षणको अभावले यस्ताखाले घटना दोहोरिने गरेको भन्दै आगामी दिनमा यस्ता पक्षलाई विशेष निगरानी र नियमन गरिनुपर्नेमा जोड दिए ।

ककनी रुटबाट करिब पाँच हजार ५०० फिटको उचाइमा रहेको हेलिकप्टर बादलको मुस्लोका कारण रुट परिवर्तन गर्न खोज्दा भिरमा ठोकिन पुगेको थियो । सन् १९९३ मा निर्माण भएको दुई हजार २५० किलोग्राम क्षमताको सो हेलिकप्टर दुर्घटना अवधिसम्म नौ हजार ८२ घन्टा ५० मिनेट उडेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा पर्यटनमन्त्री शाहीले प्रतिवेदनले प्राविधिक पक्ष नभई मानवीय त्रुटि औँल्याइएकाले भविष्यमा यस्ता घटना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । दुर्घटनाको बारम्बार प्रतिवेदन बुझाउने तर तिनको कार्यान्वयन नहुने गरेको भन्दै मन्त्री शाहीले उड्डयन क्षेत्रलाई कसरी सुधार्ने भन्नेबारे नियामक निकाय र वायुयान सञ्चालकले जोखिमका कारण सुरक्षाका लागि अपनाउने रणनीतिबारे बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री शाहीले उड्डयनको आधुनिक युगमा अन्तराष्ट्रिय मापदण्डको सेवा गुणस्तर कायम गर्न जरुरी भएको उल्लेख गरे । आयोग सदस्यद्वय सैनिक हवाई महानिर्देशनालयका प्रमुख सेनानी क्याप्टेन सुभाष थापा र सिम्रीक एयर प्रा.लि.का इन्जिनियरिङ् विभागका कार्यकारी निर्देशक विष्णु बस्नेतले दुर्घटनामा परेको हेलिकप्टरको कुनै पनि प्राविधिक कमजोरी नभएको र आठ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा दुर्घटना हुनुले मानवीय कमजोरी देखिएको बताए ।

उनीहरुले अनुभवी चालक भए पनि दुर्घटनाको दिन हतारिएको र टावरसँग सूचना लिन ढिला भएको अनुसन्धानका क्रममा पाइएको बताए । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १९:१९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...