back
NMB ad

अब चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

Kumari bank ad

चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोल्लो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

डुलफिर गरी धरतीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भूइँमा आफ्नी एक मात्र नौ वर्षीया सन्तान (पुत्री) टेरेसा डाउन कम्र्यानकोे नाम शव्दोच्चारण गर्दा आउने प्रथम अक्षरहरु – टिडिसिू कोरेको उनले बताए । सन् १९३४ मा सिकागोमा जन्मिएका कम्र्यान प्रारम्भ देखिनै तीक्ष्ण बुद्धिमा थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक उपाधि प्राप्त गरेका थिए ।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आरमसस्ट्रङ्ग पनि सन् २०१२ मै दिवङ्गत भै सकेका छन् । निल आरमसस्ट्रङ्ग पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयका स्नातक हुन् ।

ठूलो खर्च लाग्ने तुलनामा साह्रै न्यून उपलब्धि हुने लगायत अन्य धेरै कारणहरु देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ पश्चात् स्थगित गरेपछि यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरुको चन्द्रयात्राको क्रममा पनि विराम लाग्यो ।

त्यसको केही वर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरुको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ । कम्र्यानपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् ।

बयासी वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यस बारे पछि पछिका दिनहरुमा के के घटना वा उपलब्धिहरु हासील गरिए सो मा निरन्तर रुची भएका कम्र्यानले, आफू मात्रै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरु कसैले लिइदेओस भनी जीवनको अन्तिम घडीसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता बताउँछन् ।
बैज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले पाँचसय छैसाठ्ठी घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये त्रिहत्तर घण्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतीत गरेको रेकर्ड कायम रहेको छ ।

उनले चन्द्रयात्राका क्रममा भोग्नु परेका दुखः कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनाहरु समेटी छायाङ्कन गरिएको एउटा बृत्तचित्र (डकुमेन्टरि) दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो । रासस /एपी

प्रकाशित मितिः २०७३ माघ ४

वि.सं.२०७३ माघ ४ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...