back
NMB ad

सबै दल मिलेपनि अबको चुनावमा एमाले नै अगाडि हुने उपाध्यक्ष गौतमको दाबी

Kumari bank ad

काठमाडौ। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिले पनि एमाले अगाडि हुने दाबी गरेका छन् । अनेरास्ववियुद्वारा सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गौतमले सरकारभन्दा पनि तत्काल निर्वाचन गर्नुपर्नेमा एमालेको जोड रहेको बताए ।

संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उनको आरोप थियो ।    उनले भने, “तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने छैनौँ ।”

कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिष्कार गर्नुपर्ने धारणा राखे ।    शिक्षाविद् डा विद्यानाथ कोइरालाले किताबमा लेखिएका कुराभन्दा व्यावहारिक कुरा सिकाउनु पर्नेमा जोड दिए ।

शिक्षा मन्त्रालयका उपसचिव शिवप्रसाद उप्रेतीले सरकारको प्रयासले मात्र शिक्षामा गुणस्तर ल्याउन नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष नविना लामाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तीन महिने अभियान सञ्चालन गरिएको बताईन् ।

अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष गौतमले अखिलका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई झोला वितरण गरेका थिए । अभियानका क्रममा अभियन्ताहरुले प्रत्येक सरकारी क्याम्पस र विद्यालयमा पुगी शिक्षाको वस्तुस्थितिका बारेमा अध्ययन गर्ने गुणस्तरीय शिक्षा दिन पहल गर्ने बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ ४

वि.सं.२०७३ माघ ४ मंगलवार १९:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...