back
NMB ad

म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब, हेर्नुस् कुन क्लबको कमाई कति ?

Kumari bank ad

काठमाडौ । इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब बनेको छ । म्यानचेस्टर युनाइटेडले गएको ११ वर्षदेखि विश्वको धनी क्लबका रुपमा रहेको स्पेनिस क्लब रियल मड्रिडलाईपछि पार्दै गएको सिजन बढी कमाइ गर्ने क्लब बनेको हो ।

म्यानचेस्टर युनाइटेडले गएको सिजन सन् २०१५–१६ मा ६ सय ८९ मिलियन युरो कमाइ गरेको डेलोइट्टेले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । गएको सिजन विश्वका ठूला २० क्लबको आम्दानी १२ प्रतिशतले बढेरेर ७.४ बिलियन युरो भन्दा धेरै पुगेको छ । यो अहिलेसम्मकै धेरै हो ।

डेलोइट्टेको वार्षिक आम्दानीको प्रतिवेदनमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा आएको सन् २००३–०४ को सिजनपछि पहिलो पटक हो । गएको सिजन बढी आम्दानी गर्ने क्लबको सूचिको दोस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना छ । उसले गएको सिजनमा ६ सय २० दशमलव २ मिलियन युरो आम्दानी गरेको छ ।

सन् २०१४–१५ को सिजनमा शीर्ष स्थानमा रहेको रियल मड्रिड तेस्रो स्थानमा झरेको छ । रियल मड्रिडले गएको सिजन ६ सय २० दशमलव १ मिलियन युरो आम्दानी गरेको छ । ५ सय ९२ मिलियन युरो आम्दानी गरेको बार्यन म्युनिख चौथो, ५ सय २४ दशमलव ९ मिलियन युरो आम्दानी गरेको म्यानचेस्टर सिटी पाँचौं तथा ५ सय २० दशमलव ९ मिलियन आम्दानी गरेको पेरिस सेन्ट जर्मेन पिएसजी छैटौं स्थानमा छ ।

यस्तै चार सय ६८ दशमलव ५ मिलियन युरो आम्दानी गरेको आर्सनल सातौं, ४ सय ४७ दशमलव ४ मिलियन युरो आम्दानी गरेको चेल्सी आठौं, ४ सय ३ दशमलव ८ मिलियन युरो आम्दानी गरेको लिभरपुल नवौं तथा ३ सय ४१ दशमलव १ मिलियन युरो आम्दानी गरेको युभेन्टस दशौं स्थानमा छ ।

प्रकाशित मितिः २०७३ माघ ६

वि.सं.२०७३ माघ ६ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...