back
NMB ad

सर्वसाधारणलाई राष्ट्रिय बाणिज्य बैंकको साँढे २ अर्ब बढिको सेयर निष्काशनको कुरा के होला ?

Kumari bank ad

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयले दुई वर्ष अघि देखि सेयर बजारमा निकै चर्चा कमाएको छ । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले वाणिज्य बैङ्कको स्वर्णजयन्तीको अवसरमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रियालाई जोड दिएका थिए । तर खासै केहि हुन सकेन ।

त्यसपछि बैंकको सेयर जारी प्रक्रिया नै अन्यौलमा पर्यो । सरकार परिवर्तनसँगै आएका अर्थमन्त्री विष्णु पौडेलले सरकारी स्वामीत्वको एक बाणिज्य बैंक चाहिने भन्दै यो विषयलाई प्राथमिकतामा राखेनन् ।

बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा किरणकुमार श्रेष्ठको प्रवेससँगै फेरी यो विषयले गति लिएको छ । हाल साधारण सेयर जारी गर्ने प्रस्ताव पारितको लागि मन्त्रीपरिषदमा पेश भएको बैंकले जनाएको छ । मन्त्रीपरिषद्बाट प्रस्ताव पारित भएर आएसँगै सर्वसाधारणमा सेयर जारी गरिने बैंकको भनाई छ । सर्वसाधारणमा सेयर जारी घोषणा गरेको २ वर्ष पछि पुनःप्रक्रिया अघि बढेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले उक्त पूँजीबाट सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्न लागेको छ । जसअनुसार बैंकले सर्वसाधारणमा साँढे २ अर्ब रुपैंया माथिको आईपीओ जारी गर्ने छ । बैंकले प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ ७

वि.सं.२०७३ माघ ७ शुक्रवार १६:३७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...