back
NMB ad

अब नेपाली बिजुली बंगलादेशले किन्ने, भारतले दियो अनुमति

Kumari bank ad

काठमाण्डौँ। बंगलादेशलाई नेपालबाट बिद्युत आयातका लागि आफ्नो भूमी प्रयोग गर्न दिन भारत तयार भएको छ। नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमी दिन भारत सहमत भइ सकेको बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानिय पत्रिका फाइनान्सिलय एक्प्रेसले जनाएको छ।

‘हामीले भारतबाट यसबारे स्वीकृति पाइ सकेका छौँ’, हमिदले भनेका छन् ‘अब बंगलादेशले जलविद्युतमा लगानी र आयात गर्ने बारे नेपाल सरकारसँग सम्झौता गर्नेछ।’ नेपालसँगै भुटानबाट समेत बिजुली आयातका लागि सम्झौता गर्ने उनले जानकारी दिए। ठूलो उर्जा संकटसँग जुधि रहेको बंगलादेशले छिमेकी मुलुकबाट १० हजार मेगावाट बिजुली आयातको लक्ष राखेको छ।

बंगलादेशले कुल खपतको कम्तिमा १० प्रतिशत बिजुली नविकरणीय उर्जाको स्रोतबाट आपूर्ति गर्ने लक्ष लिएको मन्त्री हमिदले जानकारी दिए। बंगलादेश सरकारले सन् २०४० सम्ममा ६० हजार मेगावाट विद्युत उत्पादनको लक्ष लिएको छ। सन् २०२१ भित्रै २४ हजार मेगावाट विद्युत उत्पादन पुर्याउने हमिदले बताए। त्यही क्रममा नेपाल लगायत छिमेकी मुलुकका जलविद्युत आयोजनामा लगानीको तयारी गरिएको हो।

९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ९ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...