back
NMB ad

२५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निस्कासन हुँदै

Kumari bank ad

काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंक  कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्र्दै धितोपत्र बोर्ड पुगेको छ । यस अघि नै सेयर मूल्य निर्धारण गरिसकेको बैंक प्रकृया पुरा गरी सेयर निष्काशन गर्न बोर्ड पुगेको हो ।

बैंकले एक सय रुपैंयाको फेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा  एफपिओ निष्काशन गर्नेछ । बैंकले यस अघि नै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रतिकित्ता एक सय रुपैंयामा ११९० रुपैंया प्रिमियम थप गरी बैंकले १२९० रुपैंयाको दरले एफपिओ निष्काशन गर्न लागेको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । उक्त मूल्य तथा सेयर संख्याका आधारमा बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ ।

अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।

१३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १३ बिहीवार ११:३७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...