back
NMB ad

३ महिनामा ३८८ अंकले घटेको नेप्सेमा कस्ता सेयर थपिंदैछन् ?

Kumari bank ad

काठमाडौं। नेपाली शेयर बजारमा  पछिल्लो तीन महिनामा ३८८.६४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक परिसूचकले तीन महिनामा यस्तो  देखाएको हो ।

गएको असोज १६ गते १७६.७८ अंकमा रहेको परिसूचक गएको बिहीबारको अन्तिमा कारोबारमा १३७५.१४ अंकमा आइपुगेको छ । यो तीन महिनामा ३८८.६४ अंकको गिरावट देखिएको छ । गएको असोज १६ देखि २० गते सम्म केहि माथि उक्लिएको बजारले १८१९.८८ अंकसम्म छोएको थियो । असोज २० देखि बजार लगातार झरिरहेको छ ।

धितोपत्रको दोस्रो बजारमा गिरावट आइरहँदा पहिलो बजारमा भने शेयर थपिने क्रम रोकिएन । गएको असारदेखि हकप्रदको बाढी नै आएको छ । ३१ कम्पनीले हकप्रद निस्कासनको बोर्डबाट अनुमति पाएका थिए । १३ करोड २० लाख ५२ हजार तीनसय ५५ कित्ता हकप्रद निस्कासनको अनुमति दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीले पाएका छन् । जुन १३ अर्ब २० करोड ५२ लाख ३५ हजार पाचसय १० रुपैया बराबरको हो ।

३१ कम्पनीले बोर्डबाट स्वकृति पाईसकेका छन् भने १८ कम्पनि अझै हकप्रदको पाइपलाइनमा रहेका छन् । १२ करोड ७७ लाख ६९ हजार तीन सय ६५ कित्ता शेयर दोसो बजारमा आउने लाइनमा छन् । जुन १२ अर्ब ७७ करोड ६९ लाख ३६ हजार पाच सय ६९ रुपैयाँ बराबरको हो ।

नेपाली शेयर बजारमा हकप्रदसंगै प्राथमिक शेयर पनि मनग्गे थपिएका छन् । गएको भदौ १ देखि १० कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमति पाएका छन् । तीन करोड ४९ लाख ७३ हजार पाँच सय  ३२ कित्ता प्राथमिक शेयर निष्कासनको अनुमति धितोपत्र बोर्डले दिएको छ । प्राथमिक र एफपीओ गरि सात अर्ब ६५ करोड ९१ लाख ४७ हजार पाँचसय २७ रुपैयाँ बराबरका शेयर स्विकृत भएका छन् ।

प्राथमिक र एफपीओ निष्कासनका लागि १२ कम्पनि अझै पाइपलाइनमा छन् । १२ कम्पनीका प्राथमिक र एफपिओ गरि ८३ लाख आठ हजार १५  कित्ता शेयर बोर्डको अनुमति पर्खाइमा रहेका छन् । जुन ४८ करोड ५४ लाख ५४ हजार तीनसय रुपैयाँ बराबरका हुन् ।

गएको भाद्र महिना देखि तीन सामुहिक लगानी कोषले इकाई निष्कासनको अनुमति पाएका छन् । २८ करोड ५० लाख इकाई निष्कासनको अनुमति बोर्डले दिएको हो । जुन दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको हो ।

दुई सामुहिक लगानी कोषले अनुमति पर्खिरहेका छन् । २२ करोड इकाई चाँडै लगानीकर्ता माझ आउने छ ।  जुन दुई अर्ब २० करोड रुपैयाँ बराबरको हुने छ ।

उता शेयरको दोस्रो बजार तीन महिनामा ३८८.६४ अंकले घटेको छ  र यता २३ अर्ब ७१ करोड ४३ लाख ८३ हजार ३७ रुपैयाँ बराबरका हकप्रद ,प्राथमिक , एफपीओ र इकाई नेपाली शेयर बजारमा थपिएका छन् । यसैगरी १५ अर्ब ३६ करोड २३ लाख ९० हजार आठ सय ६९ रुपैयाँ बराबरका नेपाली शेयर बजारमा थपिन धितोपत्रबोर्डको अनुमति पर्खिरहेका छन् ।

बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः २०७३ माघ १६

वि.सं.२०७३ माघ १६ आइतवार १७:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...