back
NMB ad

फलफूल बजारमा खुल्यो जुत्ता चप्पलप र कपडा पसल

Kumari bank ad

खोटाङ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् ।

कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताए । “हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा सामान राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उनले भने – “ठूला व्यापारीको हेपाहा प्रवृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।”

दिक्तेलको हाटडाँडामा ७० लाख रुपैयाँ र स–छितापोखरीको पञ्चमीबजारमा ३० लाख रुपैयाँको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला बनाइएको छ । जिल्लाको अर्थोपार्जन र विनिमयको प्रमुख माध्यम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।

बाह्र रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै टहरामा ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मूल्यको आधा मूल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जत्तिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । “हिउँदको समयमा त जसोतसो बाहिरै राखेर भए पनि बिक्री गरिन्छ ।” एक कृषकले भने – “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपर्दा सबैभन्दा बिजोग हुन्छ ।”

दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । “अव्यवस्थित हटियामा बिचौलियासमेत मौलाएको छ ।” उनले भने – “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागिपरेको छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५्१५ दिनमा हटिया लाग्ने गरेको छ ।

१७ माघ २०७३, रासस, १।००

वि.सं.२०७३ माघ १७ सोमवार १४:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...