back
NMB ad

कतै तपाईले एक लाख १३ हजार छ सय ६० कित्ता सेयर गुमाउनु त भएन ?

Kumari bank ad

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमा बोलकबोल गर्ने म्याद आज बुधबार सकिदैछ । बैंकले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बोलकबोल मार्फत बिक्री खुला गरेको छ ।

बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बुधबारसम्म बोलकबोलमा आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् । बैंकको सेयरमा बोलकबोल गर्नेले न्युनतम एक सय कित्तादेखि लिलाममा राखिएको सबै कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक, पृथ्विचोक, पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते शुक्रबार दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ ।

१९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १९ बुधवार ११:४१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...