back
NMB ad

लगानी गर्न बैंकहरुसँग रकम अभाव, तर राष्ट्र बैंक भन्छ तरलता अभाव छैन

Kumari bank ad

काठमाडौ। नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताए । “ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो,” उनले भने ।

अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उनले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिए । केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाइ भएको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेका बताए । जथाभावी ब्याजदर नबढाउन आग्रह गर्दै उनले नुन तेल बेचेजसरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न नसकिनेमा जोड दिए ।

सङ्घका अध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरुलाई फिर्ता दिन बैंक तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैंकहरुसँग रकम अभाव रहेको बताए ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १९ बुधवार १८:२८ मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...