back
NMB ad

यात्रुबाहक बस पल्टिंदा, एकको मृत्यु २४ घाइते !

Kumari bank ad

तनहुँ। तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जना गम्भीर छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र दुर्घटनामा परी गम्भीर घाइते हुने जामुने–१ बस्ने ३० वर्षीया चिजामाया थापालाई काठमाडौँको ग्रान्डी अस्पतालमा र जामुनेकै मनिषा थापा, लालमाया राना,सुकमाया श्रेष्ठ, मनपाङ–१की अस्मिता श्रेष्ठ र जामुनकै सविता थापालाई पोखरास्थित क्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

पोखराबाट दमौली आउँदै गरेको ग१ख ३२८८ नंको बस अनियन्त्रित भई पल्टेको थियो । अन्य सामान्य घाइतेको दमौलीको रत्नहरि, व्यास सिटी, नेसनल एपोलो र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक मनपाङ–१ बस्ने भीमसेन नारायण श्रेष्ठसमेत सामान्य घाइते रहेको र उपचारपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए ।

फाईल फोटो

प्रकाशित मितिः २०७३ माघ २०

वि.सं.२०७३ माघ २० बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...