back
NMB ad

इन्स्योरेन्सद्वारा १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओका लागि बिक्री प्रवन्धक नियुक्त

Kumari bank ad

काठमाण्डौं । शिखर इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न एनआइबिएल क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। हिजो बुधवार इन्स्योरेन्स र एनआइबिएलबीच एफपिओ निष्काशनका लागि सम्झौता भएको छ।

१६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने कम्पनीको भनाइ छ। कम्पनीले एफपिओका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले दोस्रो पटक एफपिओका लागि आवेदन दिएको हो। यस विषयमा बोर्डले निर्णय गर्न बाँकी नै छ ।

कम्पनीको १२औँ साधारणसभाले निर्णय गरे बमोजिम गत माघ १३ गते बसेको सञ्चालक समिति बैठकले दोस्रो पटक एफपिओ निष्कासन गर्ने निर्णय गरेको हो। त्यस अनुरुप १०० रुपैयाँ अंकित मूल्यको सेयरमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि १६ सय २० रुपैयाँका दरले बिक्री गर्न कम्पनीले अनुमति माग गरेको छ।

कम्पनीले गत बर्ष मंसिरमा पाँच लाख १० हजार ९८८ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरेको थियो। अंकित मूल्य १०० रुपैयाँमा ५५० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ६५० रुपैयाँको दरले बिक्री गरिएको थियो। गत बर्षको तुलनामा कम्पनीले अहिले दोब्बर बढी मूल्य कायम गरेको हो।

२१ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २१ शुक्रवार १०:३६ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...