back
NMB ad

नेप्सेमा अब एक कित्ता सेयर पनि किन्न पाईने

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ ।

नेप्सेले नियमित कारोबार समयमा आगामी आइतबारदेखि लागू हुनेगरी यो व्यवस्था गरेको हो । नेप्सेले नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिएको छ ।

डिम्याट सेयर (विद्युतीय अभिलेख र अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा पनि कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै नयाँ व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

सेयरको नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाएको पराजुलीले बताए ।

थप जान्न नेप्सेको यो विज्ञप्ति पढ्नुहोस् नेप्से विज्ञप्ति

प्रकाशित मितिः २०७३ माघ २१

वि.सं.२०७३ माघ २१ शुक्रवार १३:२५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...