back
NMB ad

विकास बैंकमा सुरु भयो लगानीयोग्य पुँजीको अभाव, वित्त कम्पनीमा पनि समस्या !

Kumari bank ad

काठमाडौ । माघयता समय ’ख’ वर्गका विकास बैंकमा समेत लगानी योग्य पुँजीको अभाव हुन थालेको छ । वाणिज्य बैंकहरूमा मंसिर देखिनै यस्तो पुँजीको अभाव भए पनि विकास बैंकमा माघ पहिलो साताबाट असर देखिन थालेको विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए ।

‘५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ,’ उनले भने ‘थप लगानी गर्न सक्ने अवस्थामा विकास बैंकहरू छैनन् । वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा विकास बैंक र वित्त कम्पनीलाई चुनौती थपिएको छ ।’ वाणिज्य बैंकले नै विकास बैंक र वित्त कम्पनीको जति ब्याजदरमा निक्षेप लिन थालेपछि उनीहरूलाई कर्जा प्रवाह गर्ने रकमको अभाव हुन थालेको हो । ‘६ महिना अघि विकास बैंकले मुद्दती खातामा ६÷७ प्रतिशत व्याज दिएका थिए ।

वाणिज्य बैंकले ५ प्रतिशतभन्दा कम दिएका थिए’ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल भन्छन्–‘अहिले मुद्दती खातामा वाणिज्य बैंक र विकास बैंकले दिने व्याजदर समान छ ।’ यसैसाता देखि फाइनान्स कम्पनीहरुले मुद्दती खातामा १३ देखि १४ प्रतिशत व्याज दिन थालेपछि विकास बैंकहरुलाई व्याज बढाउन दवाव पर्न थालेको छ । गुडविल फाइनान्सले १३.५ प्रतिशत र प्रोगेसिभ फाइनान्सले १४ प्रतिशत व्याज दिएर निक्षेपक संकलन गरिरहेका छन्र । ४ महिनाअघिसम्म बचत खातामा पाँच प्रतिशत ब्याजदर दिँदै आएका विकास बैंकहरूले अहिले ब्याजदर वृद्धि गरेर ६ देखि ७ प्रतिशत व्याज दिन थालेका छन् ।

एनसीसी बैंकले बचत खातामा ६ प्रतिशत व्याज दिने योजना ल्याएपछि एभरेष्ट बैंकले मुद्दती प्रकृतिको विशेषता राखेर ९ प्रतिशत व्याजमा बचत खाता योजना ल्याएको छ । बचत खाता भनिए पनि यो बैंकले ५ वर्षसम्म पैसा झिक्न नमिल्ने सर्त राखेको छ । अहिले विकास बैंकले कर्जा प्रवाह प्रडक्टअनुसार १३ देखि १६ प्रतिशतसम्म उपलब्ध गराइ रहेका छन् । पुराना ऋणीलाई पनि दुई प्रतिशसम्ममात्र ब्याजदर बढाएको लामिछानेले बताए ।

वित्त कम्पनी पनि अहिले लगानी गर्न सक्ने अवस्थामा छैनन् । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार भन्छन्–‘फाइनान्स कम्पनीहरु सञ्चालनमा समस्या छैन, तर नयाँ कर्जा विस्तार गर्न फाइनान्स कम्पनीहरुसँग पनि लगानी योग्य पुँजी छैन ।’ वित्त कम्पनीले १४ प्रतिशतमा निक्षेप लिन थालेकोले उनीहरुले कर्जा प्रवाह गर्ने नयाँ कर्जाको व्याज १५ देखि १७ प्रतिशत पुगेको छ ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १४:५९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...