back
NMB ad

अबदेखि साझा बसको ढोकाले नै भाडा उठाउने !

Kumari bank ad

काठमाडौं । साझा यातायातले केही दिनभित्रै आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो ।

यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडानको काम सकिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । ‘अबको केही दिनभित्रै सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन्’ पाण्डेले भने । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १५:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...