back
NMB ad

चुनावमा स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र किन प्रयोग नगर्ने ?

Kumari bank ad

काठमाडौ। सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञले सुझाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रलगायत सङ्घसंस्थाले आयोजना गरेको अन्तरक्रियामा स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाएको छ । उनीहरुले स्वदेशमै निर्मित मेसिनको उपयोग किन नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ?

निर्वाचन आयोगले सो विषयमा ती यन्त्र विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि वैज्ञानिकले सो माग गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपाली वैज्ञानिकको क्षमतालाई राज्यले उचित मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै स्वदेशी मेसिनको प्रयोग गर्दा ठूलो रकम विदेशीनबाट जोगिने विचार व्यक्त गरे । उनले नेपाली मेसिन स्वदेशमा प्रयोग गरी प्रवद्र्धन गर्न सकेमा आगामी दिनमा ती वस्तुको विश्व बजारमा माग बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा इन्जिनियर डा नन्दविक्रम अधिकारीले नेपाली अनुसन्धानकर्ताले विश्वबजारमा प्रतिस्पर्धा गर्न लायक मतदान यन्त्रको निर्माण गरेकाले त्यसलाई उपयोग गरी नेपाली वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेपाली प्रविधि अनुसन्धानकर्ताद्वय राम रिमाल र लक्ष्मण रिमालले यसअघि आफूहरुको मेसिनमार्फत नेपालमा निर्वाचन सम्पन्न गराइसकेकाले चुनावमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनका लागि ती मतदान यन्त्र प्रयोग गर्न आग्रह गरे । सात वर्ष अगाडि रामलक्ष्मण (दाजुभाई)ले ती मतदान यन्त्र निर्माण गरेका थिए ।

प्रकाशित मितिः २०७३ माघ २७

वि.सं.२०७३ माघ २७ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...