back
NMB ad

अमेरिकामा निधन भएकी धादिङकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग

Kumari bank ad

काठमाडौ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।

काठमाडौँमा एक कार्यक्रमकाबीच सिँचाइमन्त्री दिपक गिरीले उक्त सहयोग रकमको चेक स्व. कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गरेका हुन् । अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ (मङ्सिर १०) गते हृदयाघातका कारण मृत्यु भएको थियो । उनी एक मात्र छोरी हुन् ।

Nisha Karki

सानै उमेरमा बुबा गुमाएकी थिइन् । कार्कीको निधनलगत्तै दुई हप्ताको अवधिमा नेपाली समुदायबाट करिब ८० हजार डलर सङ्कलन गरिएको र बाँकी उनी अध्ययनरत युनिभर्सिटीका एक हजार २८४ विद्यार्थीमार्फत रकम सङ्कलन भएको सोसाइटीका अध्यक्ष कृष्ण लामिछानेले बताए ।

सो अवसरमा सिँचाइमन्त्री गिरीले नेप्लिज सोसाइटीले नेपालीको पीडामा सहयोगका साथै अमेरिकामा नेपाली संस्कृति संरक्षण, शैक्षिक प्रवद्र्धनमा खेलेको भूमिकाको सराहना गरे । उनले अमेरिकामा मात्र नभई धेरै मुलुकमा विभिन्न सिलसिलामा जाने नेपालीमाथि यस्ता दुःखद् र पीडादायी घटना हुने गरेको र त्यहाँस्थित नेपाली राजदूतावासले समन्वय र प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे ।

सोसाइटीका अध्यक्ष लामिछानेले एक वर्षको अवधिमा अमेरिकामा १२ जना नेपालीको निधन भएको र यो अवधिमा अमेरिकास्थित नेपाली राजदूतावासले कुनै समन्वय र सहयोग नगरेकामा दुःखेसो पोखे ।

यसैबीच, गत वर्षको भूकम्पमा परी मुत्यु भएकी सिर्जना श्रेष्ठको स्मृतिमा रु पाँच लाख अक्षय कोषको घोषणा गरिएको छ । २०७३ वैशाख १२ देखि नै कार्यान्वयनमा आएको उक्त रकमको ब्याजमार्फत धादिङकै कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष रु ५० हजार प्रदान गरिने कोष व्यवस्थापनको जिम्मा लिएको होली हिमालयन ट्रस्टकी निर्देशक आशा गुरुङले जानकारी दिइन् ।

सो अवसरमा पीडित परिवारलाई सहयोग रकम जुटाउन महत्वपूर्ण भूमिका खेलेका नेप्लिज सोसाइटी टेक्ससका अध्यक्ष लामिछाने र महासचिव कमल सत्याललाई ट्रस्टको तर्फबाट सम्मान गरिएको थियो । त्यसैगरी, अक्षय कोष स्थापना गर्न सहयोग गर्नुहुने स्व. सिर्जनाकी आमा भारती श्रेष्ठ र पर्यटन व्यवसायी रामप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः २०७३ माघ २७

वि.सं.२०७३ माघ २७ बिहीवार १२:५३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...