back
NMB ad

यस्ता हात पनि छन्,जसले वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा खर्चिए !

Kumari bank ad

बैतडी। वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् ।

केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयुक्त रुपमा सो बाटो उद्घाटन गरेका थिए । विगत पाँच वर्षदेखि रोजगारीका लागि भारतमा रहेका १२ जना युवाले विजयसिंह विष्टको अध्यक्षतामा युवा रिसोर्स सोसाइटी गठन गरी मासिक रु ३२० का दरले पैसा जम्मा गर्दै आएको सोसाइटीका सचिव गणेशसिंह विष्टले जानकारी दिए ।

सोसाइटीका संयोजक हरिस विष्टले विदेशमा बसेर पनि आफ्नो गाउँका लागि केही गर्न सकिन्छ भनेर युवामा सकारात्मक सोचको विकास गर्नका लागि सामाजिक कार्य गरिएको बताए ।

सन् २०११ को नोभेम्वरमा गठित सो सोसाइटीले हालसम्म करिब रु चार लाखसम्म जम्मा गरिसकेको र थप सामाजिक कार्य गर्ने योजना रहेको जनाइएको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १६:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...