back
NMB ad

नेप्सेमा गीरावट,हेर्नुहोस् गुमाउनेमा को को ?

Kumari bank ad

काठमाडौ । मंगलबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको आधा घण्टामा १२६१ अंकसम्ममा झरेको बजार अन्ततः सुधारिँदै ४.०१ अंकले घटेर बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक १२७४.९७ अंकमा झरेको छ । होटल र विकास बैंकबाहेक मंगलबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९३.४९ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः १.६५, २७.१६, ०.७६, १.८६ र ०.८७ अंकले घटेका छन् । होटल र विकास बैंक भने क्रमशः ३३.५४ र २.३८ अंकले बढेका छन् । १२ दिनपछि सोमबार बल्ल हरियो भएको बजार मंगलबार पुनः रातो भएको हो ।

बजार घटेसँगै कारोबार पनि सोमबारको तुलनामा घटेको छ । सोमबार ५० करोडमाथिको कारोबार भएको बजारमा मंगलबार ४० करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख ११ हजार छ सय ८५ कित्ता सेयर पाँच हजार एक सय २४ पटक खरिदविक्री हुँदा कुल ४१ करोड ४१ लाख सात हजार दुई सय ६२ रुपैयाँ पुँजी परिचालन भएको हो । कुल कारोबारमध्ये, प्रभु बैंकको दुई करोड ७२ लाख १८ हजार नौ सय ९१ रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

कालिका माइक्रोक्रेडिटका सेयरधनीले १० प्रतिशतका दरले सम्प िबढाउँदा सगरमाथा इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, हाम्रो विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक र एनबी इन्स्योरेन्सका सेयरधनीले कमाएका छन् । तारागाउँ रिजेन्सी, वेस्टर्न डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, दिव्यश्वरी हाइड्रोका सेयरधनीले ९.७७ प्रतिशतका दरले गुमाएका छन् भने नागबेली लघुवित्त, युनाइटेड इन्स्योरेन्स र सहारा विकास बैंकका सेयरधनीले गुमाएका छन् । डिप्रोक्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, बरुण हाइड्रो, सिनर्जी फाइनान्स, एनएलजी इन्स्योरेन्स, लक्ष्मी भ्यालू फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...