back
NMB ad

अब कसैको फोटो बिगारेर सामाजिक संजालमा राखे २० हजार जरिवाना, २ वर्ष कैद

Kumari bank ad

काठमाण्डौं ।  फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन।

तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका हुन्। विधायन समितिअन्तर्गतको उपसमितिले फोटोलाई विकृत रुप बनाउनेलाई दुई वर्षसम्म कैद तथा २० हजारसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा २९५ को ३ मा भनिएको छ- ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन।’

सामाजिक सञ्जालहरुमा विभिन्न नेताहरुको तथा सेलिब्रेटीहरुको फोटो जोड्ने र विकृत बनाउने गतिविधि बढेकाले सजायको व्यवस्था गरिएको उपसमितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गत २६ कात्तिकमा फेसबुक र सोसल मिडियामा असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको तथा जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने यो खतरा पैदा भएको बताएका थिए। उनले त्यसलाई व्यवस्थित गर्नुपर्ने तर्क गरेका थिए।

सामाजिक सञ्जालमा नेताहरुको टाउको जनावरसँग जोडेको तथा बालबालिकासँग जोडिएका फोटो भाइरल हुने गरेका छन्।

६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ६ शुक्रवार ११:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...