back
NMB ad

छुटाउनुहोला है, बजारमा आयो बैंकको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर

Kumari bank ad

काठमाण्डौं। कैलाश विकास बैंकले आज शुक्रबारबाट चुक्ता पूँजीको २० प्रतिशत हकप्रदको बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकको पाँच सेयर भएका सेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । फागुन ६ गतेदेखि खुला भएको हकप्रद निष्काशन चैत १० गते बन्द हुनेछ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा सेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुमा आवेदन दिन सक्नेछन् ।

एक अर्ब ५८ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३१ करोड ६० लाख रुपैंयाको हकप्रद बिक्री गरी पूँजी थप गर्न लागेको हो । हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोडको हाराहारीमा पुग्नेछ ।

६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ६ शुक्रवार ११:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...