back
NMB ad

चन्दा दिएर राष्ट्रपतिबाट राजनीतिक लाभ लिएको आरोपमा पक्राउ परे सामसुङ प्रमुख !

Kumari bank ad

सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा जोडिएका उनलार्इ पक्राउ गर्नेबारेमा टुंगो लगाउन उनी बिरुद्ध दुर्इ पटक सम्म उच्च अदालतमा सुनुवाइ भएको थियो ।

लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप लागेको छ । लि माथि ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लागेको छ ।

केही हप्ता अघि देखि भैरहेको अनुसन्धानका क्रममा फेरि बयान लिनका लागि केही नयाँ अवस्थाहरु देखा परेको भन्दै उनलार्इ बयानका लागि गत हप्तामात्रै दोस्रोपटक अदालतमा डाकिएको थियो ।

उपाध्यक्ष पदमा रहेपनि सामसुङका प्रमुखका रुपमा कार्यरत लिलार्इ यसअघि जनवरीमा पनि अरु कम्पनीका केहि प्रमुखहरुसँग सोधपुछका लागि अदालत लगिएको थियो । यसअघिको सुनुवाइमा अदालते पक्राउको लागि पर्याप्त आधार नभएको भनेको थियो ।

इलेक्ट्रोनिक जायन्ट सामसुङ र उपाध्यक्ष लि ले भने आफूले केही गलत काम नगरेको दावी गर्दै आएको छ । शुक्रवार अदालतले लिको पक्राउ आवश्यक भएको भन्दै पक्राउको आदेश दिएको हो । उनलार्इ पक्राउ गरी आगामी २० दिनसम्म अनुसन्धान गरिने बताइएको छ ।

४८ वर्षका लि सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष हुन् । उनले आफ्ना पिता लि कुन हिको उत्तराधिकारीको रुपमा सन् २०१४ देखि सामसुङकव प्रमुखको हैसियतमा काम गर्दै आएका थिए । पिता हिलार्इ हार्ट एट्याक् भएपछि उनले कम्पनीको बागडोर सम्हाल्दै आएका छन् ।
उनी सामसुङका संस्थापक लि ब्योङ चु का नाती र अध्यक्ष लि कुन हिका छोरा हुन् । उनले आफ्नो सम्पूर्ण ध्यान कम्पनीको स्तर बढाउनमा लगाउँदै आएका थिए ।

लिको पक्राउले सामसुङको उत्पादनमा तत्काल कुनै असर नदेखिएपनि दिर्घकालीन परियोजनाहरुलार्इ भने यसले असर गर्ने बताइएको छ ।

विश्वकै अग्रणी इलेक्ट्रोनिक्सको रुपमा स्थापित सामसुङ इलेक्ट्रोनिक्सको ब्राण्ड इमेजमा भने भ्रष्टाचारको यस स्क्यान्डलले ठूलो धक्का लागेको विश्लेषण हुन थालेको छ । पक्राउको खबर लगत्तै शेयर बजारमा सामसुङको शेयरमा गिरावट आएको छ । बिबिसी÷बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः २०७३ फागुन ६

वि.सं.२०७३ फागुन ६ शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...