back
NMB ad

खुसीको खबर,मुलुकको आर्थिक अवस्था सुदृढ अवस्थामा, के–के सुधार भए ?

Kumari bank ad

काठमाडौ। उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलन समेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सवल, सक्षम एवम् सुधारोन्मुख रहेको पाइएको हो ।

कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख हुँदै गएको छ । वर्तमान सरकार गठन भएलगत्तै मुलुकभर नै जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौतीमा आएको कमी, ऊर्जा आपूर्तिमा आएको सहजता र औद्योगिक कच्चा पदार्थको आयातमा आएको सरलताले उद्योग क्षेत्रको क्षमता समेत बढेको पाइएको छ । खिम्ती–ढल्केवर विद्युत् प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै ऊर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने केन्द्रीय बैंकले जनाएको छ ।

सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन सङ्ख्यामा ३५.४ प्रतिशत वृद्धि भई सात लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणाम होटल तथा रेस्टुराँ व्यवसाय विस्तार हुने अनुमान गरिएको छ । पछिल्लो दिनमा देखिएको नियमित विद्युत् आपूर्तिले समेत थप सकारात्मक वातावरण बनाएको छ ।

धान उत्पादनमा समेत उल्लेख्य वृद्धि भएकाले कृषि क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अन्य कृषि उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको बैंकको समीक्षामा उल्लेख छ ।

उपभोक्ता मुद्रास्फीति दर घट्दै गएको, नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ तर पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा आउनसक्ने मूल्यवृद्धिले मुद्रास्फीतिमा केही चाप बढाउन सक्ने चुनौती थपिएको राष्ट्र बैंकको भनाइ छ ।

विप्रेषण आप्रवाहको घट्दो वृद्धिदर चिन्ताको विषय रहेको विश्लेषण गर्दै बैंकले सरकारी बजेट स्थिति मजबुत रहेको राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको जनाएको छ । गत मसान्तसम्म राष्ट्रको ढुकुटीमा रु २ खर्ब १७ अर्ब ६० करोड नगद मौज्दात रहेको छ ।

चालु आवको छ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ओरालो लागेको छ । गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२ प्रतिशतमा सीमित भएको छ । चालु आवमा सरकारले उपभोक्ता मूल्यवृद्धि दर ७.५ प्रतिशत राख्ने लक्ष्य राखेको छ ।

यस्तै समीक्षा अवधिमा भारततर्फ १७.१ प्रतिशत, चीनतर्फ ५४.८ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआइ पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिस्टर यार्न, ऊनी गलैँचा, तरकारीलगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ६७.३ प्रतिशतले बढेर रु चार खर्ब ६४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले घटेको थियो । यस्तै भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९.५ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट, मेसिनरीलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाईल, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएता पनि अन्य नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु चार खर्ब २८ अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७।८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १३:३६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...