back
NMB ad

इन्धन आयातमा बृद्धि

Kumari bank ad

पर्सा । वीरगन्ज नाका भएर रु साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु.३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु. ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरका एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोहि अवधिमा रु. एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए । उनले गत आर्थिक वर्षको तुल्नामा चालु आर्थिक वर्षमा सोहि अवधिमा चार लाख २३ हजार ९७५ केल इन्धन र ७४ हजार ९२८ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको बताए ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले रु। सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दिया लगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ ।

नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल , ८० हजार ६६२ केल एटिएफ(हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १६:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...