back
NMB ad

पोखरामा बर्ड फ्लु भेटियो,सरकारद्धारा संकटग्रस्त क्षेत्र घोषणा !

Kumari bank ad

पोखरा । यस वर्ष नेपालमै पहिलोपटक पोखरामा बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः देखा परेको हो ।

पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । परियारले आफूले पालेका हाँस तथा कुखुरा लगातार मर्न थालेपछि चिकित्सकको सल्लाहमा केन्द्रीय प्रयोगशालामा परिक्षण गर्न पठाइएको थियो । सो परिक्षणमा बर्ड फ्लु पुष्टी भएको र तत्कालै नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टिम खटिएको अर्यालले बताए ।

बर्ड फ्लु पुष्टी भएपछि सरकारले बर्ड फ्लु भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मिना परियारको घरदेखि चार किल्ला क्षेत्रमा करीब ६ सय मिटरको वरिपरीका क्षेत्रमा रहेका सबै पशु तथा पंक्षीजन्य बस्तुहरुलाई नष्ट गर्न टोली खटिएको उनको भनाइ छ । बर्ड फ्लु देखा परेको स्थानमा पन्छी ओसार पोसारमा रोक लगाइएको छ ।

यसैबीच कास्कीबाट पंक्षीजन्य बस्तु बाहिरी जिल्लामा पठाउन समेत रोक लगाएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । बाहिरी जिल्लाबाट पन्छी नल्याउन आग्रह गरी दाना ल्याउँदा भेट्नरीको प्रमाण पत्र लिएर मात्र ल्याउन आग्रह गरिएको बर्ड फ्लु नियन्त्रण कक्षले जनाएको छ ।

७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १४:४१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...