back
NMB ad

हुलाकले थाल्यो बैंकिङ सेवा, ६ करोड निक्षेप संकलन

Kumari bank ad

इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ। जिल्ला हुलाक कार्यालय अनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म ६ करोड निक्षेप सङ्कलन भएको छ।

न्यूनतम ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ। साधारण बचत खातामा तीन प्रतिशत र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याजदर दिने व्यवस्था रहेको जिल्ला हुलाक अधिकृत जुवालदास राईले बताए।

२०३३ सालबाट बचत सेवा प्रदान गर्न थालेको कार्यालयले स्थायी कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा चार लाखसम्म ऋण लगानी गरेको छ। २०२६ मा छोटी हुलाकका रूपमा स्थापना भएको हुलाक २०३२ सालबाट जिल्ला हुलाक कार्यालयका रूपमा सेवा दिइरहेको छ। हुलाकको बैङ्किङ सेवाप्रति विश्वास बढ्दै गएकाले बचत गर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको अधिकृत राईले बताए। मोबाइल, इमेल इन्टरनेट, फेसबुकका कारण हुलाकमा चिठ्ठीपत्रको चाप घटेको हो।

इलाममा एक जिल्ला, ११ इलाका र ४० अतिरिक्त हुलाक रहेका छन्। राईका अनुसार हुलाकमा अहिले दैनिक व्यक्तिगत चिठ्ठी थोरै मात्र आउने गरेका छन्। विगतभन्दा ४० प्रतिशतले चिठीपत्र आदानप्रदान घटेको कार्यालयले जनाएको छ।

१९ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन १९ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...