back
NMB ad

सुनिदिने कसले ? ढिके नुनकै भरमा जाजरकोट !

Kumari bank ad

जाजरकोट । जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन्
जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दहलगायत १८ भन्दा बढी गाविसका स्थानीयवासीले सहुलियतको नुन प्रयोग गर्न पाएका छैनन् । सरकारले उपलब्ध गराउने नुन गाउँमा लैजानसमेत उपभोतmालाई सजिलो छैन । यी गाविसबाट सदरमुकाम पुग्न दुईदेखि पाँच दिन पैदल हिँड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले बजारमा पाइने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गर्दै आएको नायकवाडा–७ का प्रेम शाहीले बताए ।

जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयवासी रुकुम जिल्लाका राडी, चोरजहारी, जाजरकोटको कालीमाटी, थलह, मोर्कलगायत ठाउँबाट ढिके नुन लिएर खाना बाध्य भएको भगवतीका तेजबहादुर सिंहले बताए । बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा–७ का पृथ्वीविक्रम शाहीले बताए ।

पूर्वका स्थानीयवासी सदरमुकामभन्दा नजिक पर्ने रुकुमको राडी, चिसापानी, रिम्ना गएर नुन र दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन् । “नुन लिन सदरमुकाम गए चार दिन लाग्छ, रुकुमका बजारमा गए आयोडिन नभए पनि ५÷६ घन्टामै आउने जाने हुन्छ”, खगेनकोट–५ का नेबहादुर खत्रीले जानकारी दिए ।

यो क्षेत्र जोड्न खलङ्गा–रिम्न हुँदै भगवतीसम्म सडक निर्माणाधीन छ । ६० किमीसम्म ट्र्याक खोल्ने लक्ष्य पूरा भए पनि भेरी नदीमा पुल नभएका कारण पूर्वमा समस्या छ । उत्तरपूर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकामसम्म आयोडिनयुक्त नुन सहज रुपमा उपलब्ध हुँदै आए पनि गाउँसम्म पुग्दैन ।

सदरमुकाममा रु नौ पर्ने आयोडिनयुक्त नुन जाजरकोटका केही बजारमा सीमित मात्रामा पाइने आयो नुन रु ३५ मा किन्न पाइन्छ । तोकिएको मूल्यभन्दा चार भाग बढी भाडा पर्ने स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयवासी साल्ट ट्रेडिङ कर्पोरेसन शाखा गाउँमा विस्तार गरिए मात्र सबैका लागि आयोडिनयुक्त नुन खाना पाउने बताउँछन् ।

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १२:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...