back
NMB ad

प्रमुख निर्वाचन आयुक्तलगायत एमाले नेताका घरमा तोडफोड !

Kumari bank ad

सप्तरी। प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज– ९ स्थित सम्र्पक कार्यालयामासमेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन ।

तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ्ल ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनको तेस्रो दिन अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्याकर्ताले एमाले सर्मथक एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सञ्चालित राजविराज– ९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् । स्कुलमा रहेका कुर्सी टेबुल, झ्याल ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ ।

त्यस्तै राजविराज– ५ स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा रहेको पार्टीको झन्डा झिकेर जलाइएको छ ।

त्यसैगरी स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ्याल र ढोकामा क्षति पुगेको छ । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज– ४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी सामान्य क्षति पु¥याएको प्रहरीले बताएको छ।

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...