back
NMB ad

पर्यटक तान्न ९ लाखभन्दा बढी मूल्यको लसुन स्तम्भ तयार

Kumari bank ad

तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् ।

पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले रु नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् ।

स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो ।

सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रुप फेरिँदो छ । पर्यटकको आवागमन पनि बर्षेनि बढिरहेको छ । बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीयवासी पुण्यप्रसाद तिम्सिनाले बताए । यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरुलाई प्रस्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उहाँले जानकारी दिए ।

“लसुन स्तम्भ हाम्रो पहिचान हो”, तिम्सिनाले भने–“यहाँ आउने पर्यटकलाई पनि स्तम्भले थप मनोरञ्जन दिएर अल्मल्याउने छ भन्ने हाम्रो विश्वास छ ।”

स्तम्भ निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएर गएको स्थानीयवासी पदमबहादुर नेपालीले बताए । यो बजार भएर पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले, रातपोखरी, पात्लेपोखरी तथा आकर्षक चिया बगान जाने आउनेको सङ्ख्या बर्षेनि बढिरहेको छ ।

लसुने बजारको मुख्य चोकमै लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न प्रयास गरिएको निर्माण समितिका संयोजक धर्मराज खड्काले बताए । स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल रु नौलाख सातहजार एकसय ५५ लागतमा निर्माण गरिएको उनले जानकारी दिए।

२७ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...