back
NMB ad

विमानस्थलमा सेनाको गोली लागि एकको मृत्यु, हेर्नुहोस् कारण यस्तो छ ?

Kumari bank ad

पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको फ्रान्सको गृहमन्त्रालयले जनाएको छ । शनिबार विमानस्थलमा सैनिकको हतियार खोस्ने प्रयास गरेपछि विमानस्थलमा पुगेका हजारौँ हवाईयात्रु सुरक्षार्थ भागदौड गर्दा विमानस्थलको वातावरण त्रासदीपूर्ण देखिएको थियो भने केहीबेर विमानस्थलका गतिविधि अवरुद्ध बनेका थिए ।

घटनामा आक्रमणकारीको मृत्यु भए पनि अन्य कोही पनि घाइते नभएको विमानस्थल स्रोतले जनाएको छ । फ्रान्समा सन् २०१५ को जनवरीमा इस्लामिक जिहादी समूहद्वारा गराइएका शृङ्खलाबद्ध आक्रमणमा २३० जनाको मृत्यु भएपछि फ्रान्सले सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा विभिन्न स्थानमा तैनाथ गर्दै आएको छ ।

फ्रान्समा आगामी अफ्रिल २३ मा राष्ट्रपतिका लागि पहिलो प्रतिस्पर्धा हुँदैछ र यहाँका मतदातामा मतदानमा सहभागी हुने क्रममा सुरक्षाको त्रास कायम रहँदै आएको छ ।

बेलायती राजकुमार विलियम र उनकी श्रीमती केटको फ्रान्सका लागि भएको औपचारिक भ्रमणको दोस्रो दिन भएको यस आक्रमण प्रयासले पेरिसवासीलाई यसवर्ष फेरि तर्साएको छ । फ्रान्सका गृहमन्त्री ब्रनोले रेक्सले बताएअनुसार विमानस्थलमा शनिबार मारिएका व्यक्ति पेरिसको उत्तरी क्षेत्रमा प्रहरीमाथि गरेको आक्रमणसँग आबद्ध रहेको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको थियो ।

उक्त व्यक्तिले सेनाका एक जवानसँगबाट हतियार खोसी एक पसलमा लुकिरहेका बेला सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा उसको मृत्यु भएको हो । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...