back
NMB ad

कांग्रेसले नै स्थानीय तहको चुनाव लड्न नपाउने ! कारण के हो ?

Kumari bank ad

काठमाडौ । कांग्रेसले म्यादभित्र डोल्पामा दल दर्ता गरेन । कारण डोल्पामा उसले स्थानीय तहको चुनाव लड्न नपाउने भएको छ । जिल्लामा जम्मा ६ दल मात्रै दर्ता भएका छन् ।

आयोगका अनुसार त्यहाँ एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा र परिवार दल मात्र दर्ता भएका छन् ।

आयोगले दिएको समय सकिएपछि कांग्रेसले दल दर्ता छुटेको भन्दै निवेदन दिएको थियो । तर, आयोगले माघ १९ भित्र दर्ता छुट भएका जिल्लाहरुमा समावेश नगर्ने निर्णय गरेको छ ।

यस्तै राप्रपा पनि ९ जिल्लामा दर्ता नभएको पाइएको छ । मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा राप्रपा दर्ता भएको छैन ।

आफूहरु महाधिवेशनमा केन्द्रीत हुँदा जिल्लाले दल दर्ता गर्न छुटाएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले स्वीकार गरे । उनले भने, ‘पार्टी एकताको ३ महिनामै महाधिवेशन गर्‍यौं । सबै जना यता व्यस्त हुँदा केही जिल्ला कमिटीले दल दर्ता गर्न छुटाएछन् ।’

निर्वाचन आयोगले दिएको पुस २५ देखि माघ १७ भित्र दल दर्ता नगरेका राप्रपाले पछि दल दर्ता छुटेको भन्दै निवेदन दिएको थियो । तर, आयोगले माघ १७ भित्र दर्ता छुट भएका जिल्लाहरुमा समावेश नगर्ने निर्णय गरेको सचिव गोपी मैनालीले बताएका छन् ।

दर्ता नभएका जिल्लामा स्वतन्त्ररुपमा उठ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १७:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...