back
NMB ad

वनले लोभ्याउँदैछ पर्यटकको मन !

Kumari bank ad

पाल्पा। कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति लिइरहेका हुन्छन् ।

पौराणिक कथनअनुसार पवित्र कालीगण्डकी नदीको उद्गमस्थल मुक्तिनाथदेखि नदी बगेर आएका बखत रामपुर नगरपालिका साविक खालीवन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ नदी बग्नेक्रममा खैरी नाम गरेकी गाई ब्याएर बसेको भन्ने कथन रहेको छ ।

गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोही बाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने किम्बदन्ती रहेको छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिनिन्छ । नदी बगेर फर्केको दक्षिणतिरको भागमा ठूलासाना गरी १० वटा जति ओढार रहेका छन् । यी ओढारमा त्रेतायुगमा ऋषिमुनि यहाँ आएर बसेको पौराणिक कथन रहेको यसै क्षेत्रका स्थानीय बासिन्दा एवम् साविक खालीवन गाविसका पूर्व गाविस सचिव एकराज अर्याल बताउँछन् ।

सदरमुकाम तानसेनबाट खालीवनको बाटो हँुदै रामपुर झर्ने जोकोही पनि खैरेनी वनको अपार प्रकृतिले दिएको दृश्य नियाल्दै झर्ने गर्दछन् । खालीवनको माथिको डाँडाबाट झन्डै आधा घन्टाको ओरालो बाटो खैरेनी वनको दृश्य अवलोकन गर्दै गर्दा फेदीमा झरेको कसैलाई पत्तै हुँदैन । कतिले त मोबाइल, क्यामेरा झिकेर यही खालीवनको माथिको डाँडाबाट फोटो खिचेर बस्ने गर्छन् । खैरेनी वनको दृश्य नियाल्नकै निम्ति पक्की सडक छोडेर जब्गादीबाट कच्ची सडक हुँदै रामपुर बजार पनि झर्ने गर्छन् ।

अति सुन्दर मनै लोभ्याउने प्रकृति नियाल्दै मन भित्रभित्रै प्रकृतिका विभिन्न छटासँगै डुबुल्की मार्दै फेदीमा झर्दा जोकसैलाई पनि सपनाबाट विपनामा ब्युझिएजस्तो आभास हुन्छ । यो न कुनै बनावटी हो न कुनै कल्पना, यथार्थ प्रकृतिको सुन्दरता हो ।

यहाँबाट उत्तरतर्फ बगेको कलकल कालीगण्डकी नदीले खैरेनी सामुदायिक वनलाई घेरेको अनौठो अपार दृश्य देख्ने कवि, गीतकार, पत्रकार मात्र होइन सबै तह र तप्काका मानिसको मन लोभ्याइरहेको हुन्छ ।

अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेको वनलाई ठूलो खैरेनी वन भनेर यहाँका स्थानीय वन समूहका उपभोक्ताले नामाकरण गरेका छन् ।

यस नदीले घेरेको टापु आकारको वनभित्र गौतमबुद्धको मूर्तिसहितको कुटी निर्माण तथा एउटा निर्माणाधीन पौवा रहेका छन् । यहाँ रहेको कुटीमा आँपचौरका स्थानीय बासिन्दा मोहनीलाल अर्यालले नित्य पूजा, संरक्षण गरी विगत आठवर्ष अगाडिदेखि कुटीमै बसोबास गर्दै आएका छन् ।

पर्यटकीय क्षेत्रको विकासका लागि रामपुर नगरपालिकाले गत वर्ष रु एकलाख ७५ हजार र यस आर्थिक वर्षमा ८० हजार रकम विनियोजन गरेको थियो । सो रकम वनभित्र एकवटा पौवा निर्माणमा रकम खर्चिएको छ ।

साविक खालीवन गाविस र यस क्षेत्रका वन उपभोक्ता समूह र स्थानीय बासिन्दाको झन्डै रु सात लाखको सहयोगमा टापुसम्म पुग्ने मोटरबाटो निर्माण गरिएको पूर्व गाविस सचिव अर्यालले बताए । खालीवन गाविसबाट खानेपानीका लागि पाइप खरिद गर्न रु २५ हजार रकम समेत सहयोग गरेको उनले बताए ।

यस क्षेत्रमा एक महिनामा ५०० को हाराहारीमा पर्यटक भित्रने गरेका छन् । टापु आकारमा कालीनदीले घेरेको खैरेनी वन क्षेत्र अवलोकनका निम्ति पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, धनगढी, पर्वतलगायतका देशका धेरै जिल्लाका पर्यटक भित्रिसकेका छन् भने नाइजेरिया, ब्राजिललगायतका बाह्य देशका पर्यटक पनि भित्रिएका छन् ।

यस टापुसम्म पुग्ने मोटरबाटो स्तरोन्नति गरेर पाटीपौवा, खानेपानी, पिकनिकका लागि आवासगृह निर्माण, यहाँ रहेको गौतमबुद्धको मूर्तिसहितको कुटीको स्तरोन्नति, बर्खायाममा नदीले दक्षिणतिरको क्षेत्रबाट पनि बगेर टापु आकारको खैरेनी वनलाई घेर्ने हुँदा त्यहाँसम्म पुग्नका लागि डुङ्गा सञ्चालन गर्न सकेको खण्डमा यस क्षेत्रमा दिनहुँ सयौैँको सङख्यामा पर्यटक भित्रनेछन् ।

वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्यालका अनुसार अब विभिन्न संस्था, समूह र व्यक्तिमार्फत आर्थिक रकम जुटाएर भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ । “भौतिक पूर्वाधार विकास र विस्तार भएपछि दैनिक ५०० भन्दा बढी पर्यटक भित्रनेछन्” उनले भने ।

यस वन क्षेत्रभित्र विभिन्न जातका चराचुरुङ्गीको आवाज, पवित्र कालीनदी कलकल बगेको मनोरम दृश्य, हराभरा घना जङ्गलमा दिनहुँ ठूलो सङ्ख्यामा साथीसङ्गी, प्रेमी प्रेमिका, आफन्त रमाउन र रम्न आउनेको जमात बढ्दोछ । विशेषतः यहाँ शनिबार र बिदाको दिन अवलोकन गर्न आउनेको बढी चहलपहल देखिन्छ । कालीगण्डकी वारिपारीका विभिन्न स्थानबाट वनभोज आउनेको पनि पछिल्लो समयमा यहाँ आकर्षण बढ्दैछ ।

राम्दीबाट पनि डुङगामा ¥याफ्टिङ गरेर यस टापु आकारको वनक्षेत्रको अवलोकन गरेर फर्किने गरेको पनि पाइएको छ । स्वच्छ, शान्त र मनोरम वातावरणमा अवस्थित टापु आकारमा रहेको खैरेनी वन क्षेत्र कालीगण्डकीको पर्यटकीय क्षेत्रको हिसाबले महत्वपूर्ण रहेको स्थानीय बासिन्दा ओमप्रकाश रेग्मीको भनाइ छ । रामपुर नगरपालिकाले यस क्षेत्रलाई दश पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेको छ ।

कालीगण्डकी करिडोरबाट आधा घन्टाको पैदलमा रहेको यस खैरेनी वन क्षेत्रमा भौतिक पूर्वाधार विकास भएको खण्डमा यहाँ प्रसस्त आम्दानीका स्रोत भित्रिनेछन् । यस्ता प्रकृतिले दिएका अपार पर्यटकीय क्षेत्रको विकास आर्थिक समस्याले गर्दा अझैपनि ओझेलमा परेको छ । रासस

प्रकाशित मितिः २०७३ चैत १०

वि.सं.२०७३ चैत १० बिहीवार १६:५७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...