back
NMB ad

थ्रेस होल्डको सकारात्मक प्रभाव : साना १० दल एकिकरणको संघारमा !

Kumari bank ad

काठमाडौं । थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् ।
आईतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ ।
पार्टीका संयोजक कमल प्रसाद चौलागाँईले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भन्दै अपिल गर्दै भने, ‘निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उडाउने काम भएको छ, हामी यसको घोर भत्र्सना गर्दछौँँ ।’
चौलागाईले अघि थपे, ‘मुलुकमा जारी गतिरोध अन्त्यको लागि वर्तमान मुख्य राजनीतिक दलको सिण्डिकेट अन्त्य र समावेशिताको सिद्धान्तलाई लत्याउने काम भएको छ, धर्म र जातीयताको नाममा पश्चिमाहरूले जवरजस्त लादेका छन् र स्वायत्त प्रदेशको मुद्दा नेपालमा लादेर मुलुक बर्बाद बनाउने काम भारतले गरेको छ, नेपालको राजनीति र हाम्रो देशको समाजिक स्थिति वैदेशिक हस्तक्षेपबाट चलेको छ, हाम्रो पार्टी एकिकरण पछि निर्णायक राजनीतिक दलको रुपमा उभिन्छ ।’
त्यस्तै नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले ३ प्रतिशत थे्रस होल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे । उनले भने, ‘यो थ्रेस होल्डले जनताको मतलाई अपमान गर्छ, समावेशिताको धज्जि उडाउने काम भैरहेको छ, संविधानमै नभएको कानुन बनाएर साना पार्टीहरूको अस्तित्वि समाप्त पार्ने काम गरेको छ, हामी यसको घोर भत्र्सना गर्दछौं ।’
कार्यक्रममा यूवराज सफलले थ्रेस होल्डको बिरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउदै भने, ‘पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायत अन्य सैद्धान्तिक कुराहरूको बारेमा एकता महाधिवेशन पनि निर्णय गर्नेछौँ ।’
पार्टी एकिकरण र थ्रेस होल्डको विषयमा बोल्दै सफलले भने, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, नेकपा मालेका अध्यक्ष क्रमश चित्रबहादुर केसि र सिपि मैनाली लगायतलाई एकिकरणमा बाँधिएर मुख्य राजनीतिक दलको सिण्डिकेटको खारेजीमा एकजुट हुनको लागि अनुरोध गर्दछु, नत्र हामीले राम÷राम भन्न सक्छौँ तर काँध हाल्न सक्ने छैनौँ, कुनै दिन यी मुख्य दलको गुलाम भएर अस्तित्व गुमाउनुपर्ने हुनसक्छ ।’
पार्टी एकिकरण कार्यक्रममा नेपालवादी पार्टीका अध्यक्ष जेएन घिमिरे, बहुजातीय समावेशी पार्टीका कार्यवाहक अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय पूर्नजागरण पार्टीका अध्यक्ष डिबी थापा, राष्ट्रिय मुक्ति आन्दोलनका सचिवालय सदस्य लक्ष्मिदत्त भट्ट लगायतका नेताहरूले आफ्ना कुराहरू राखेका थिए ।
१३ चैत्र २०७३

वि.सं.२०७३ चैत १३ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...