back
NMB ad

आजबाट खुल्यो ९ लाख कित्ता हकप्रद सेयर, बैशाख १७ सम्म भर्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । नेरुडे लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद चैत १४ गते सोमबारदेखि खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी काठमाडौं तथा नेरुडे लघुवित्तको कार्यालय विराटनगर मोरङबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । हकप्रद सेयरमा बैशाख १७ गतेसम्म आवेदन दिन पाइने छ ।

काठमाडौंमा सोमबार घोडेजात्राका कारण सार्वजनिक विदा परेका कारण मंगलबारबाट मात्र सेयरधनीले हकप्रद भर्न पाउनेछन् भने लघुवित्तको कार्यालय विराटनगरमा भने सोमबारदेखि नै आवेदन गर्न सक्नेछन् ।

नेरुडेको हाल चुक्ता पुँजी १८ करोड रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि नेरुडेको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको बोनस समेत गर्दा ३० करोड ६० लाख रुपैंया पुग्नेछ । कम्पनीका अनुसार, फागुन २९ गतेसम्म सेयर किनेका लगानीकर्ताले हकप्रद भर्न पाउनका साथै २० प्रतिशत बोनस तथा ११.०५ प्रतिशत नगद लाभांश समेत प्राप्त गर्नेछन् ।

१४ चैत २०७३, १२।००

वि.सं.२०७३ चैत १४ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...