back
NMB ad

अब उपत्यकामा पनि संचालनमा आउँदैछन् स्काई बस

Kumari bank ad

काठमाण्डौं । यहाँ घुम्न आएका पर्यटकहरुलाई मात्र सेवा दिनको लागि उपत्यकामा अब स्काई (माथि खुल्ला भएका) बस संचालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्ने योजना सार्वजनिक गरेको हो।

महानगरका नवनियुक्त प्रमुख कार्यकारी इश्वरराज पौडेलले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना अनुसार उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस संचालन हुने छ।

यूरोप अमेरिका तथा अन्य विकसित मुलुकहरुमा भएको सिटी टुर बस सेवाजस्तै काठमाडौंमा पनि संचालन गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। पर्यटकहरुलाई एक पटक सबै गन्तव्यहरुमा जान सहज होस भनेर यस्तो सेवा सुरु गर्न लागिएको उनको भनाई छ।

यसको लागि बजेटको कुनै समस्या नभएकोले अबको ६ महिनाभित्र संचलनमा आउने उनले दावी गरे। पहिलो चरणमा सुविधासम्पन्न २ वटा स्काईबस संचालन गर्ने र त्यसपछि उपत्यकाकाका अन्य स्थानमा पनि विस्तार गरिने महानगरले जानकारी दिएको छ।

बस आउन्जेल हाल देखिएको धुलो धुँवाको समस्या समाधान भएर जाने र सफा स्वच्छ काठमाडौंमा पर्यटकलाई सुविधासम्पन्न बसमा यात्रा गराइने कार्कीले बताए।

सरकारी योजनाहरु प्रायः घोषणमै सिमित हुने हुँदा यसमा पनि आशंका रहेको तर यो कदम सकारात्मक भएको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रतिक्रिया दिए।

विकसित देशहरुमा सिटी टुरको अवधारणा निकै रुचाइएको र सफल भए पनि नेपालमा त्यसको व्यवस्था नहुँदा पर्यटकहरुले कष्टपुर्ण यात्रा गर्नुपरिरहेको व्यवसायीहरुको भनाइ छ। सरकारी तहबाटै यस्तो अवधारणा कार्यान्वयनमा आए पर्यटकहरुले सेवा मात्र नभएर विश्वभर सकारात्मक सन्देश जाने रिजालको भनाइ छ।

महानगरले ल्याएको योजना आफैमा राम्रो हो, लागू गर्ने नियतका साथ आएमा व्यावसायीहरु सहकार्य गर्न सदैव तयार भएको बताउँछन् नेपाल एसोसिएसन आफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुधन आचार्यले जानकारी दिए ।

२० चैत २०७३, सेतोपाटी, ७।००

वि.सं.२०७३ चैत २० आइतवार ०८:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...