back
NMB ad

मौरीपालक किसानले जान्नैपर्ने, यसरी कृत्रिम तरिकाले रानी मौरी विकास गर्न सकिन्छ !

Kumari bank ad

म्याग्दी । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो ।

शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रविधि भित्रिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले जानकारी दिए ।

“कृत्रिम तरिकाले उत्पादन गरिएको रानी मौरीमा अन्डा पर्ने क्षमता बढी हुने, कुट र महको उत्पादन तथा गुणस्तर बढ्ने र घार छाडेर भाग्ने समस्यामा कमी आउँछ” शर्माले भने “यो प्रविधिले म्याग्दीमा व्यावसायिक मौरीपालन विकासमा ठूलो मद्दत गर्छ ।”

शाखा र कृषि विकास कार्यालयले कुहुँ, डडुवा, चिप्लेटी, पूर्णगाउँ, सल्लान, थाइवाङ र भरजुलाका कृषकलाई मौरीमा ग्राफ्टिङ गर्ने प्रविधिको विषयमा स्थलगत तालिम दिएका छन् ।

सोमबार सम्पन्न तालिममा सहभागी २९ जना मौरीपालक कृषकलाई मौरीको लार्भालाई प्रत्यारोपण रानी मौरी विकास गर्ने प्रविधिको बारेमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो ।

मैन पगालेर तयार पारिएको क्युवीनकप (रानीमौरी बस्ने ठाउँ)लाई डिपिङ रडको सहायताले घारको फ्रेममा टाँसेर विशेष प्रकारको सुईको सहायताले रानीविहीन घारमा ४८ घन्टासम्मको लार्भा राखिन्छ ।

कर्मी र राना मौरीले कृत्रिम तरिकाले राखिएको लार्भालाई रानीको रुपमा स्वीकार गरी हुर्काउने शाखाकी नायब प्राविधिक सहायक अनिता रानाले बताए । “लार्भा राख्नुअघि नै घारबाट रानी मौरी निकाल्नुपर्छ” रानाले भने “क्विनकपमा लार्भा राख्नुअघि रानी मौरीको लागि आवश्यक मह तथा आहराको व्यवस्था गर्नुपर्छ ।”

कृत्रिम प्रविधिबाट १६ दिनमा तयार हुने रानी मौरीले दिनमा ७०० देखि ८०० वटासम्म अन्डा उत्पादन गर्न सक्ने रानाले बताए । यस्तो प्रविधिबाट रानी मौरीको उत्पादन गर्दा गोला छाडेर नभाग्ने, रोग नलाग्ने र मह उत्पादन बढ्ने अपेक्षा गरिएको बेनपा–५ डडुवाका मौरीपालक कृषक मीनबहादुर खत्रीले बताए ।

एपी सेरेना जातको मौरीमा यसअघि देशका अन्य ठाउँमा गरिएको परीक्षण सफल भएपछि म्याग्दीमा यस वर्षदेखि विस्तार गरेको शाखाका प्राविधिक सहायक लक्ष्मीप्रसाद गिलालले बताए ।रासस

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...