back
NMB ad

लघुजलबिद्युत्को सेयर खुल्यो, १० देखि १ हजार कित्तासम्म किन्न पाईने

Kumari bank ad

भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रू एकसयको १० कित्तादेखि एक हजार  कित्तासम्म सेयर लिन पाउने भएका छन् ।

चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एण्ड हाइड्रो कम्पनी प्रालिले रू ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ ।

सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए । रासस

प्रकाशित मितिः २०७३ चैत २४

वि.सं.२०७३ चैत २४ बिहीवार १७:०३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...