back
NMB ad

कृषिमा ठूला लगानीकर्ताको आकर्षण, विदेशबाट ल्याइयो पाठापाठी

Kumari bank ad
काठमाण्डौं ।  बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी  हिजो बिहीबार  नेपाल ल्याइएको छ ।

यहाँ  हिजो बिहीबार  आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताए ।बस्नेत बुद्ध एयरका अध्यक्ष हुन्।अष्ट्रेलियाबाट ल्याइएका ती पाठापाठी नेपाल ल्याउँदा रु ५७ लाख ५० हजार खर्च भएको बताइएको छ ।
नेपाल ल्याएका ती पाठापाठीमा कुनै रोग नलागेको भनी अन्तर्राष्ट्रियस्तरको स्वस्थ्य परीक्षण प्रमाणपत्रसमेत अष्ट्रेलियन सरकारको आधिकारिक भेट्नरियनबाट जारी गरिएको उनले जानकारी दिए।
व्यावसायिक रुपमा बाख्रापालन गर्नका लागि ती उन्नत जातको बाख्रा नेपाल ल्याइएको हो, अध्यक्ष बस्नेतले भने — ‘यो जातको पाठापाठी जस्तोसुकै हावापानी र मौसममा हुर्कनसक्ने, जुनसुकै जातको घाँसपात खाने, रोक प्रतिरोधात्मक क्षमता बढी हुने, मासुमा बोसोको मात्रा न्यून हुने, राम्रो आहार भएमा एक दिनमा २५० देखि ३०० ग्रामसम्म बढ्ने खालका छन् ।’
देशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि उन्नत नश्ल भएको जातको पाठापाठीको अभाव रहेको र फर्मले निकट भविष्यमा नेपालभर बोयर जातका पाठापाठी उत्पादन गरी कृषकको माग पूरा गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले बताए।
परम्परागत रुपमा पालिएका स्थानीय बाख्राबाट जन्मेका खसीबोकाको वार्षिक सरदर तौल २५ केजीसम्म हुने तर बोयर जातका पाठापाठी पालन गर्दा एक वर्षमा ६० केजीभन्दा बढी हुने भएकाले यसबाट कृषकले राम्रो लाभ लिनसक्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय जातका बाख्रासँग बोयर जातका बोकाको क्रस विडिङ्ग गरी उत्पादनमा वृद्धि गर्न पनि सकिने बताइएको छ । नेपालमा खसीबोकाको उपलब्धता ज्यादै न्यून रहेको र यहाँ वार्षिक रुपमा करोडौँ रुपैयाँको खसीबोका भारतबाट आयात हुँदै आएको पाइन्छ ।
फर्मले मोरङको डाँगीहाटमा करिब २० बिगाहा जग्गामा नेपालकै सबैभन्दा ठूलो तथा आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका छन् । बाख्रालाई खुवाउनका लागि सो क्षेत्रमा फर्मले उन्नत जातका घाँस उत्पादन गरिएको, खमारी, कोइरालो, निमारो लगायतका खेतीसमेत गर्दै आएका छन् ।  कृषि फर्मका कार्यकारी अध्यक्ष रहेका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्त तथा बुद्ध एयरका प्रमुखसमेत हुन्।
२५ चैत २०७३, रासस, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०८:४० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...