back
NMB ad

जेसोन चम्किएपछि पाकिस्तानमाथि वेष्ट इन्डिजको उत्कृष्ट जित

Kumari bank ad

जेसोन मोहम्मदको बिस्फोटक इनिङका कारण वेष्ट इन्डिजले पाकिस्तानविरुद्ध घरेलु एकदिवसीय शृंखलाअन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा ४ विकेटको विजय हात पारेको छ।

पहिलो पल्ट ३ सय ८ रनको विशाल लक्ष्यलाई पछ्याएको वेष्ट इन्डिजले ३२ ओभरमा १ सय ५६ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो। यसपछि क्रिजमा प्रवेश गरेका जेसोनले ३ छक्का र ११ चौकाको सहयोगले ५८ बलमा अविजित ९१ रन बनाएपछि वेष्ट इन्डिज १ ओभरको खेल खेल्न बाँकी रहँदा विजयी भयो।

तीन खेलको शृंखलामा वेष्ट इन्डिज १–० ले अगाडि बढेको छ। वेष्ट इन्डिजको एकदिवसीयमा कुनै टोलीविरुद्ध सबैभन्दा ठूलो रन पछ्याएर विजय सम्भव पारेको यो पहिलो अवसर हो। यसअघि दक्षिण अफ्रिकाविरुद्ध वेष्ट इन्डिजले ३ सय रन पछ्याएर जितेको थियो।

वेष्ट इन्डिजलाई जितका लागि अन्तिम १३ ओभरमा १ सय २८ रनको आवश्यकता थियो। यसपछि बिस्फोटक देखिएका जेसोनले मोहम्मद आमिर, वाहब रियाज र हसन अलीजस्ता पाकिस्तानी तीब्र बलरलाई बाउन्ड्री हिर्काएका थिए।

वेष्ट इन्डिजको जितमा पुछारका बलर एस्ले नर्ससँग जेसोनको साझेदारी महत्वपूर्ण रहयो। यी दुवैले अन्तिम ४ ओभरमा ११ भन्दा माथिको औसतले अविजित ५० रनको साझेदारी गरेका थिए। नर्सले १ छक्का र ५ चौकाको सहयोगले १५ बलमा अविजित ३४ रन बनाए। नर्सले ४ विकेट पनि लिएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको ८८ रनको सहयोगले ५ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो। पाकिस्तानका लागि दुवै प्रारम्भिक ब्याट्सम्यान अहमद सहेजादले ६७ र कमरान अकमलले ४७ रन बनाएका छन्। मध्यक्रममा सोहेब मलिकले ३८ बलमा २ छक्का र ६ चौकाको सहयोगले ५३ रन बनाएका थिए। खेलको म्यान अफ दि म्याच जेसोनलाई घोषित गरियो।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १४:१८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...