back
NMB ad

बजारमा के को मूल्य घट्यो के को बढ्यो ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ। यो वर्ष फागुनमा मूल्यवृद्धिदर २.९ प्रतिशतमा सीमित भएको छ । माघमा मूल्यवद्धि ३.३ प्रशित भएपनि फागुनमा अझै घटेर ३ प्रतिशतभन्दा तल भफरेको छ ।

यो वर्षकै सबैभन्दा कम मूल्य वृद्धिदर हो । गतवर्षको फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । गतवर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मूल्यवृद्धिदर घट्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य क्षेत्रको मूल्यवृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ८ महिनामा संक्षिप्त आर्थिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मूल्यवृद्धि १०.३ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएको छ ।

त्यसैकारण समग्र खाद्य मुद्रास्फिति ऋणात्मक रहन गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा गैर(खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर(खाद्य मूल्यवृद्धि १०.२ प्रतिशत रहेको थियो ।

यो समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपत्यकाका सबैभन्दा कम मूल्यवृद्धि भएको छ । उपभोक्ता मूल्यवृद्धि दर पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौ उपत्यकामा १.९ प्रतिशत रहेको राष्ट्र बैंले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ५.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातित वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.१ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १७:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...