back
NMB ad

नयाँ कानून बनाइएपछि भित्रियो १६ अर्ब लगानी

Kumari bank ad

याङ्गुन। म्यानमारमा वैदेशिक लगानी भित्र्याउनका लागि म्यानमार सरकारले विशेष कानुन ल्याएको छ । सो कानुन बमोजिम म्यानमारले त्यहाँ विदेशी लगानीका लागि वातावरण पनि निर्माण गरेको जनाएको छ ।

म्यानमारले सन् २०१२ देखि सो कानुनको निर्माण गरेको थियो । तर त्यसलाई संसद्ले लागू गरेर कार्यान्वयन गर्न सकिरहेको थिएन ।सो कानुन सन् २०१६ को अक्टोबारमा लागू गरेको हो । त्यसयता वैदेशिक लगानी भित्र्याउन म्यानमारले विशेष पहल गर्ने भएको हो । प्राप्त समाचारमा म्यानमारले यस्तो कानुन निर्माण गरी देशमा विदेशी लगानी ल्याउनका लागि पहल सुरु गरेको छ ।

म्यानमारमा विदेशी लगानीको वातावरण निर्माणका लागि भन्दै यहाँका वैदेशिक लगानीसम्बन्धी विज्ञ, अर्थविद्हरु, राष्ट्रियस्तरका उद्योगपति तथा विभिन्न अर्थ व्यवस्थाका ज्ञाताहरुका साथै अन्तर्राष्ट्रिय वित्त संस्थाको समेत सहयोगमा सो कानुनको निर्माण गरिएको हो ।

अप्रिलको पहिलो हप्तामा म्यानमारको म्यानमार लगानी परिषद्ले १५ वटा विदेशी कम्पनीलाई विदेशी लगानीका लागि अनुमति दिएको छ । सो अनुमति बमोजिम करिब आठ करोड अमेरिकी डलर बराबरको विदेशी लगानीको लागि सुनिश्चितता दिइएको छ ।यसका साथै सन् २०१७ को पहिलो चौमासिकमा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको विदेशी लगानीको लागि प्रतिवद्धता आएको छ ।

सो जानकारी म्यानमारको अर्थमन्त्रालयले दिएको छ । मन्त्रालयले सो कानुनको कार्यान्वयनपछि म्यानमारमा वैदेशिक लगानीको वातावरण बनेको छ र यसका कारण विदेशीहरुले पनि लगानीका लागि प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।

म्यानमारको सरकार त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीको नेतृत्वमा निर्माण भएको छ । यस प्रजातान्त्रिक दलको नेतृत्वमा बनेको सरकारले हालैका दिनमा आर्थिक विकासका लागि ठूलो एजेण्डा अघि सारेको बताइन्छ ।

तर विपक्षी दलले भने यस विषयलाई स्वीकार गर्दैनन् । विपक्षी दलले भने वर्तमान सरकारले देशमा विदेशी लगानी भित्र्याउन नसकेको र आर्थिक विकास पनि गर्न नसकेको आरोप लगाउँदै छन् ।

२८ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०७:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...