back
NMB ad

पोखरामा आजबाट सुरु भयो फेवा महोत्सव, नयाँ वर्षको अवसरमा जाने हैन त ?

Kumari bank ad

कास्की । नेपाली नयाँ बर्षको स्वागतार्थ पोखरामा आज मंगलबारदेखि फेवा नव बर्ष महोत्सव सुरु भएको छ । यो महोत्सवको आयोजना पश्चिमाञ्चल होटल संघले गरेको हो । आजबाट बैशाख २ गतेसम्म फेवा किनारको कोमागाने पार्कमा महोत्सव हुनेछ ।

महोत्सवको उदघाटन होटल एशोसियसन अफ नेपालका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले गर्नेछन् भने त्यसअघि झाँकीसहितको र्‍याली निकालिनेछ । खहरेचोकदेखी शुरु हुने र्‍याली हल्लनचोक, बराहीचोक हुँदै कोमागाने पार्कमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

“फेवातालको संरक्षण गरौं” भन्ने मूल नाराका साथ आयोजना हुने १४ औं संस्करणको फेवा नव वर्ष महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षणका रुपमा रहने आयोजकले बताएका छन् ।
महोत्सवमा पाँचतारे होटलदेखि स्थानीय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै ठाउँमा पाइने, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम हुने छन् ।

त्यस्तै, वाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, वैंक तथा बित्तीय संस्थाहरुको स्टलहरु रहने, हास्य कलाकारहरुको प्रस्तुति, कृषि उपज स्टलहरु निःशुल्क प्रदर्शन लगायतका महोत्सवको आकर्षणका रुपमा रहने जनाइएको छ ।

महोत्सव न्यू इयर इभको दिन राति साढे १२ बजेसम्म सञ्चालन हुनेछ भने अन्य दिन राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव स्थलसम्म आवतजावतका लागि महोत्सव सञ्चालन हुने समयसम्मै सार्वजनिक सवारी साधनले सेवा दिनेगरी ब्यबस्था मिलाइएको छ ।

२९ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २९ मंगलवार ०८:४७ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...