back
NMB ad

बैंकको १०० रुपैंया अंकित तीन अर्ब २० करोड सेयरमा देशभर कहाँ–कहाँबाट आवेदन दिने ? थाहा पाउनुहोस् !

Kumari bank ad

काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडको हकप्रद सेयर वैशाख ७ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म निष्काशन खुला रहने हकप्रदको निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख छ हजार आठ सय ८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल नेपाल बंगलादेश बैंकको चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।

बैंकको सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालिमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्ज शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँके शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...