back
NMB ad

कृषिमन्त्री चौधरीद्वारा पुष्प प्रबद्र्धन कार्यक्रमको आकस्मिक अनुगमन

Kumari bank ad

काठमाडौ । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रबद्र्धन कार्यक्रमको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री चौधरीले राजधानीस्थित बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् ।

बालुवाटारस्थित बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको मन्त्री चौधरीले अबलोकन गरेका थिए । अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिए । सरकारको सहयोग बिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग भविष्यमा जारी रहने समेत बताए ।

अनुगमनमा मन्त्रीसंगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए । उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १४:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...