back
NMB ad

आजदेखि उपत्यकामा हर्न बजाउँन प्रतिवन्ध, हर्न बजाए १५ सय रुपैयाँ जरिवाना

Kumari bank ad

काठमाडौ। उपत्यकामा आजदेखि हर्न निषेधित क्षेत्र नियम लागू भएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिएको जानकारी दिए । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

घुमाउरो बाटो र दुर्घटना जोखिमको क्षेत्रमा हर्न बजाउन पाइने

यो नियम लागू भएपछि दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । एउटा घुमाउरो बाटो र अर्को दुर्घटना हुने जोखिम अवस्थामा मात्रै सवारीचालकलाई हर्न बजाउने नियममा छुट दिइएको छ ।
यसबाहेक हर्न बजाए प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोचोटिका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

प्रहरीलाई पनि निषेध

सडकमा गुड्ने सम्पूर्ण सवारीसाधनका लागि यो नियम लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निजी, सार्वजनिक मात्र नभएर सरकारी र प्रहरी गाडीमा पनि यो नियम लागू हुनेछ । कुनै पनि सवारीचालकले यो नियम उल्लंघन गरे तोकिएको जरिवानाअनुसार कारबाही गरिने डिआइजी लामाले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १

वि.सं.२०७४ वैशाख १ शुक्रवार १३:०५ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...