back
NMB ad

बूढीगण्डकी आयोजनाको मुआब्जा दिन सुरु

Kumari bank ad

धादिङ। बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ ।

तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए। जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि उनीहरुलाई रावा बैंकमार्फत रकम भुक्तानी गरिएको ढकालको भनाइ छ ।

मुआब्जा पाउन निवेदन दिएका एक सय ८० प्रभावितको बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयले जग्गाको अन्तिम रुजु गरिरहेको आयोजनाले जनाएको छ ।

मुआब्जा रकम माग गर्दै आठ सयभन्दा बढीले निवेदन दिएका छन् । जग्गाको अवस्था मालपोत कार्यालयमा बुझेर प्रभावितलाई तोकिएको दरमा मुआब्जा उपलब्ध हुने गराइने बताइएको छ ।

मुआब्जा निर्धारण समितिले धादिङपट्टिको डुबान क्षेत्रका जग्गाको मूल्य प्रतिरोपनी न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजार तोकेको छ । मुआब्जा वितरणका लागि धादिङमा पहिलो चरणमा रु दुई अर्ब ५० करोड आएको छ । खरी, मैदी र सलाङमा रकम वितरण भएसँगै डुबानमा पर्ने अन्य जग्गाको रुजु गर्दै मुआब्जा वितरणलाई निरन्तरता दिइने प्रजिअ ढकालले बताए।

एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाबाट धादिङ र गोरखाका गरी तीन हजार पाँच सय ६० घर डुबानमा पर्नेछन् । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अनुसार दुई जिल्लाका ५८ हजार रोपनी जग्गा ओगटिनेछ । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको भने मुआब्जा निर्धारण अझै हुन सकेको छैन । रासस

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १२:३५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...