back
NMB ad

युवालाई पशुपालनमा आकर्षित गर्न करोडको अनुदान

Kumari bank ad

पोखरा । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बङ्गुर व्यवसाय प्रवद्र्धन गर्ने एकजनालाई रु चार लाख, विगलेटका पाँच फार्मलाई रु दुई÷दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चारवटा फार्मलाई रु एक–एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन फार्मलाई रु दुई–दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० कृषकलाई रु १५–१५ हजारका दरले अनुदान दिइने छ ।

साना गाईंभैसी पालन गर्न सातवटा फार्मलाई रु एक लाख ७० हजार÷एक लाख ७० हजार, व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु १०–१० हजार तथा घाँस काट्ने उपकरण खरिद, बर्खे घाँस उत्पादन, घाँस विकासजस्ता कार्यक्रममा पनि अनुदानको व्यवस्था गरिएको छ ।

किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भई बिल भर्पाइ आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले बताए । रासस

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...